दफा ३२
सुजीको कारोबारमा मूल्य अभिवृद्धि कर छुट सम्बन्धी विशेष व्यवस्था
(१) सुजी उत्पादन वा बिक्री वितरण गर्ने व्यक्तिले आर्थिक वर्ष २०७१/०७२ देखि संवत्‌ २०७६ साल जेठ १४ गतेसम्मको कारोबारमा मूल्य अभिवृद्धि कर सङ्कलन र दाखिल नगरेको भएमा सो वस्तुको कारोबार रकमको पाँच-प्रतिशत रकम संवत्‌ २०८० साल असोज मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, व्याज र जरिबाना मिनाहा हुनेछ।
(२) उपदफा (१) बमोजिम कर लाग्ने कारोबारमा कर निर्धारण भई तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन रहेको मुद्दा फिर्ता लिई आर्थिक वर्ष २०७१/७२ देखि संवत्‌ २०७६ साल जेठ १४ गतेसम्मको त्यस्तो कारोबार रकमको पाँच प्रतिशत रकम संवत्‌. २०८० साल असोज मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, व्याज र जरिबाना मिनाहा हुनेछ।